मटन करी

मटन करी
सामग्री ः मटन १ किलो, जिरा १ चम्चा, सौंफ आधा सानो चम्चा, तेल ३ ठूलो चम्चा, मरिच आधा सानो चम्चा, ल्वाङ ३-४ पिस, तेजपात ४-५ पिस, नुन स्वादअनुसार, प्याज -मसिनो गरी काटेको) २ सय ग्राम, गोलभंेडा -मसिनो गरी काटेको) १ सय ५० ग्राम, नरिवल १ सय ५० ग्राम।
विधि ः पहिले नरिवललाई टुक्रा पारेर ५० ग्रामजति बाँकी राखी अरू नरिवलमा हल्का मनतातो पानी छर्केर पिस्ने र छानेर दूध मात्र निकाली साइडमा राख्ने। त्यसपछि बाँकी भएको नरिवललाई अदुवा, लसुनका साथै अरू सबै मसलाका साथ पिस्ने। एउटा गहिरो भाँडामा तेल तताउने, जिरा र तेजपात फुराउने अनि त्यसमा प्याज भुट्ने। अब पिसेको मसला हालेर १० मिनेटजति पकाउने। अब मटन -मासु) हाली १० मिनेट पकाउने, गोलभेंडा हालेर फेरि २ मिनेट पकाउने। त्यसमा २ कप पानी हाली २० मिनेटजति पकाउने। अन्त्यमा नरिवलको दूध हाली ५ मिनेटजति पकाएपछि मटनकरी तयार हुन्छ।